वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ एकको खरिदर एक सय ३३ रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ २० पैसा कायम भएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५ रूपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८१ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर चार रूपैयाँ ०३ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५४ पैसा रहेको छ ।
त्यसैगरी, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०५ पैसा र बिक्रीदर १० रूपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ १६ पैसा र बिक्रीदर १३ रूपैयाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९९ पैसा र बिक्रीदर २० रूपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij