वेबटिभी खबर
काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजना-सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको छ ।
न्यूनतम मौज्दात २५ हजार रहेको ‘सुपर प्रिमियम बचत खाता’ मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित ‘मेटलाइफ’सँगको सहकार्यमा ६ वटा घातक रोग (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयाघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज) को दुई लाखसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा प्रदान गर्नेछ ।
साथै, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्नेछ । त्यसैगरी, खुत्रुके खाता (रिकरिङ डिपोजिट) मा अन्य बैंकले प्रदान गरिरहेको रिकरिङ डिपोजिटमा जस्तै सर्त तथा बन्देज नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि १० वर्षसम्म चयन गरेर मासिक न्यूनतम ५ सयदेखि माथि सञ्चय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणवश जम्मा गर्न असमर्थ भए पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापश्चात् सावाँ तथा ब्याजको एकमुष्ट भुक्तानी पाउनेछन् ।
अझ यस खातामा सुपरप्रिमियम बचत खातामाभन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केही गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भए सञ्चित रकमको ७० प्रतिशत ऋणमा बिनाझन्झट रकम निकाल्न सकिन्छ । यसका अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आएको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij