Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रामेछापमा  जीप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

रामेछापमा  जीप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

  • 77
    SHARES
  • रामेछापमा  जीप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

    मन्थली । मन्थली नगरपालिका-५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

    सुदूरमुकाम मन्थलीबाट सुनारपानी हुँदै मन्थली-४ सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नं को डबल क्याप बलेरो जिप अनियन्त्रित हुँदा आज दिउँसो १ बजे आसपासमा सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो ।

    दुर्घटनामा परी सोही वडाका ६० वर्षीया पद्ममाया नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही वडाका चालक ४२ वर्षीय गुनकुमार थापामगर र ६९ वर्षीय दिलीपकुमार बरुवाललाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

    अन्य घाइतेमा सोही वडाकी ३४ वर्षीया सीता नेपाली, २५ वर्षीया सुजीता रसाइली, २५ वर्षीया सरिता नेपाली र सरिताकी पाँच महिनाका छोरी रोनिषा छन् ।

    सामान्य घाइतेको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल र मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij