वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ४१ पैसा र बिक्री दर १३४ रूपैयाँ ०१ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रूपैयाँ ९२ पैसा र बिक्री दर १४९ रूपैयाँ ५९ पैसा रहेको छ । त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७७ रूपैयाँ ७३ पैसा र बिक्री दर १७८ रूपैयाँ ५३ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ५९ पैसा र बिक्री दर ३६ रूपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij