Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 71
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    आज अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रूपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रूपैयाँ ९९ पैसा कायम भएको छ ।
    त्यस्तै, युरोपियन युरो एकको खरिद दर एक सय ४८ रूपैयाँ ३५ पैसा र बिक्री दर एक सय ४९ रूपैयाँ २ पैसा कायम भएको छ ।

    त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७१ पैसा पुगेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ६० पैसा र बिक्री दर ३६ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

    राष्ट्र बैंकका अनुसार आज साउथ कोरियन वन एक सयको खरिद दर नौ रूपैयाँ ९७ पैसा र बिक्री दर १० रूपैयाँ ०२ पैसा कायम भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij