वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज लागि तोकेको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ भने युरोको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रूपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ छ पैसा रहेको छ । त्यस्तै, आज युरो एकको खरिददर एक सय ४९ रूपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रूपैयाँ ९४ पैसा कायम भएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर नौ रूपैयाँ २४ पैसा र बिक्रीदर नौ रूपैयाँ २८ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १९ रूपैयाँ आठ पैसा छ ।
सिंगापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय चार रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij