Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

काठमाडौं उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम

काठमाडौं उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम

  • 138
    SHARES
  • काठमाडौं उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम

    काठमाडौं । बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकाको सानेपास्थित बागमती नदीमाथिको कालोपुल, इच्छुमती (टुकुचा), लैनचौर, संकटा पुल, टंकेश्वर, परोपकार, नख्खुखोला पुल, कलंकीको ट्राफिक प्रहरी प्रभागलगायत सथनमा पानी जमेर समस्या भएको महाशाखाका प्रवक्ता रविन कार्कीले जानकारी दिए ।

    यसैगरी दरबारमार्गस्थित होटल याक एण्ड यति अघि रुख पल्टिएर आधा घण्टा सडक जाम भएको उनले सुनाए । दक्षिणकालीबाट फाखेल हुँदै हेटौंडा जाने सडक पनि पहिराका कारण अवरुद्ध भएको छ । नागढुङ्गाबाट सिस्नेखोला निस्कने सुरुङमार्ग नजिकै पहिरो गएर पनि सडक अवरुद्ध भएको छ ।

    यसैगरी स्वयम्भूमा गुडिरहेको बाइकसहित चालकलाई अविरल वर्षाका कारण आएको बाढीले वेपत्ता बनाएको छ । बाइक भेटिएपनि मानिस अझै वेपत्ता भइरहेको जनाइएको छ । बालाजु नयाँ बसपार्क क्षेत्रमा बाइक खोलाले बगाएको छ । मानिस भने सामान्य अस्थामा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij