Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

  • 227
    SHARES
  • बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

    काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने भएको छ ।

    खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा आज अनुगमन तथा निरीक्षण गर्नु भई खानेपानी आपूर्तिका लागि आवश्यक कार्य गर्न निर्देशन दिएअनुसार काम अगाडि बढेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कार्यकारी निर्देशक अशोक पौडेलले जानकारी दिए ।

    उनले भने, ‘सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्छौं । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ ।’

    यसैगरी, ललितपुरको फर्पिङ जलविद्युत् गृहबाट फर्पिङ पम्पिङ स्टेसनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानी आपूर्ति असहज भएको पौडेलले बताए ।

    काठमाडौंको महांकाल चौरको पम्पिङ सिस्टम क्षतिग्रस्त भएकाले मर्मतसम्हारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताए । विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत् अवस्थामा नियमित पानी आपूर्तिमा समस्या भएको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # बाढी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij