वेबटिभी खबर
काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ ।
प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालन गरिएको हाे । प्रहरीले हरेक वर्षको दशैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा संचालन गर्दै आइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij