Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विपद्मापरी मृत्यु भएका परिवारलाई राहत रकम वितरण

विपद्मापरी मृत्यु भएका परिवारलाई राहत रकम वितरण

  • 115
    SHARES
  • विपद्मापरी मृत्यु भएका परिवारलाई राहत रकम वितरण

    काठमाडौं । गृहमन्त्रालयलले अतिभारी बर्षापछि आएको बाढीपहिरो र डुबानलगायत विपद्का घटनामापरी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

    गत असोजको दोस्रो साता आएको विपदमापरी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम वितरण कार्य अन्तिमचरणमा पुगेको छ । हालसम्म यहाँका प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म विपदपरी ज्यान गुमाएका २३८ जना मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप राहत रकम वितरण गरिएको जनकारी दिएका हुन् । गृह मन्त्रालयका अनुसार सबै भन्दा बढी विपद्का ज्यान गुमाएकाका भ्रेपलाञ्चोक जिल्लामा ७९ जना मृतकका परिवारमध्ये ७८ जनाका परिवारलाई राहत रकम वितरण भइसकेको छ । त्यहाँ मृतक १ जना बालकको कागजी प्रक्रियामा रहेकाले परिवारलाई चाँडै राहत रकम दिइनेछ ।

    त्यसैगरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ भने एक जनाको हकदार एकिन नभएकाले रोकिएको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता तिवारीका अनुसार काठमाडौंमा १९ जना मतृकका परिवार, भक्तपुरमा चार, झापामा२, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १/१, सोलुखुम्बुमा ५, ईलाममा १, ओखलढुंगामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

    त्यसैगरी गृह मन्त्रालयबाट सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७/७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहतस्वरुप आर्थिक सहायता उपलब्ध गराइएको छ । विपद्मापरी ज्यान गुमाएकामध्ये १२ जनाका परिवारलाई राहत वितरण कार्यप्रक्रियामा रहेको छ ।

    उनले भने, ‘पारिवारिक विवरण एकिन नभएको, कागजात मिलाउने पक्रिया, हकदार एकिन नभएको, हकदार देश बाहिर रहेको लगायतका अवस्थाका मृतकका परिवारलाई मात्रै राहत रकम वितरण गर्न नसकिएको हो । मृतकका परिवारलाई राहत रकम वितरणमा जिल्ला प्रशासन कार्यालयहरु सक्रिय छन् ।’

    विपद्लगत्तै प्रमुख जिल्ला अधिकारी सहितको टोली मृतक परिवारमै पुगेर राहत रकम वितरण गर्दै आएको थियो ।अहिले सम्ममृतकका परिवारलाई ५ करोड ४६ लाख राहत रकम वितरणका भइसकेको छ । विपद्लगत्तै गृहमन्त्री रमेश लेखकले मृतकका परिवारलाई राहत रकम वितरण, घाइतेको निःशुल्क उपचार, अवरुद्ध सडक सञ्चालनमा जोडदिनुका साथै लाभग्राहीको विवरण संकलन गरी सहयोग गरिने विषय प्राथमिकतामा राखेका थिए ।

    असोज दोस्रोसाताको विपद्मापरी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ । विपद्का बेला नेपाली सेनाको हेलिकप्टरदेखि सुरक्षा संयन्त्र प्रभावित क्षेत्रमा खटिएर नागरिकको खोज तथा उद्दार, राहत वितरण र घाइतेको उपचार लगायतको व्यवस्थापनमा खटिएको थियो । सरकारले विपद्प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।भने प्रभावित पालिकालाईहरु ५० लाखदेखि एक करोडसम्म राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij