Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

  • 201
    SHARES
  • स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

    एजेन्सी । स्पेनको उत्तरी शहर सान्टान्डरमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

    घटना स्थानीय समयअनुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो । विस्फोटका कारण तीन तले भवनमा आगलागी भएको तर विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर शहरका मेयर गेमा इगुआलले बताए ।

    विष्फोटपछि भवनको छेउको अर्का केही भवनका बासिन्दाहरूलाई सावधानीका लागि खाली गरिएको थियो। स्थानीय आकस्मिक सेवाका अनुसार १० जनालाई अस्पताल लगिएकोमा दुई जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij