वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर स्थिर रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ८३ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । बुधबार यूरो एकको खरिददर एक सय ४४ रूपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ५८ पैसा रहेकामा आज एकको खरिदर एक सय ४५ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ३ पैसा कायम गरिएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर आठ रूपैयाँ ७८ पैसा र बिक्रीदर आठ रूपैयाँ ८२ पैसा र चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।
युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६५ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ९७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij