Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दुर्घटनामा मृतक पाँच जनाको सनाखत

दुर्घटनामा मृतक पाँच जनाको सनाखत

  • 104
    SHARES
  • दुर्घटनामा मृतक पाँच जनाको सनाखत

    भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ ।

    बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

    मृत्यु हुनेमा गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबस चालक चितवनको खैरहनी नगरपालिका-४ का ४० वर्षीय अनोज अधिकारी, विनय त्रिवेणी गाउँपालिका-४ स्थित बगैँचाका ३५ वर्षीय सन्तोष भुसाल, सोही ठाउँकी ३३ वर्षीया सविना भुसाल र भारत घर भई पोखरामा किसाना पसल गर्दै आएका ३६ वर्षीय राजकुमार साह रहेका छन् ।

    मृतकमध्ये सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए । सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान ३ बजेतिर माइक्रोबस र बस एकापसमा ठोक्किएका थिए ।

    गम्भीर घाइते एकजनाको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य चार जना घाइते भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

    बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

    चितवनमा बोलेरोले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-५ स्थित नयन चोकमा आज मध्यान्न १२ बजे ना४च ६९५१ नम्बरको बलेरोले साइकललाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा पर्सा सखुवापर्सौनी गाउँपालिका-४ घर भई हाल गैँडाकोट नगरपालिका-५ मा डेरा गरी बस्दै आएका १७ वर्षीय इशान अन्सारी रहेका छन् ।

    बलेरोको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए ।  ठक्कर दिने बलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij