वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ३१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रूपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ९ र बिक्री दर एक सय ७४ रूपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८९ रूपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ८५ पैसा र बिक्री दर ९७ रूपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रूपैयाँ २ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर आठ रूपैयाँ ८३ पैसा र बिक्रीदर आठ रूपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७६ पैसा र बिक्री दर १८ रूपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा कायम भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij