वेबटिभी खबर
काठमाडौं । उपप्रधानएवं शहरी मन्त्री प्रकाशमान सिंहले शंखधर साख्वाले सबैलाई समाजमा सहयोग गर्नुपर्छ भन्ने भावना सिकाएको बताएका छन् ।
सोमबार राष्ट्रिय विभूतिशंखधर साख्वा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले शंखधर साख्वाले सबै जनतालाई ऋणमुक्त गरेर नेपाल संवत्को सुरुवात गरेको सम्झना गर्दै उनीबाट हामी सबैलाई सहयोगी भावना सिक्नु पर्ने बताएका हुन् ।
मन्त्री सिंहले भने, ‘शंखधर साख्वाले सबैलाई ऋणमुक्त गरेर नेपाल संवत्को सुरुवात गर्नु भएको थियो । यो समय परिवर्तन हुदैँ गएपनि शंखधर साख्वा प्रतिको हाम्रो भावना कहि परिवर्तन हुदैँन् । समाज, दाजुभाई दिदिबहिनी, समुदायमा कसैलाई दुख पर्यो भने सबैलाई सहयोग गर्नुपर्छ भन्ने भावना उहाँले सिकाउनु भएको छ । त्यो भावना हामीसँग अहिलेको वर्तमान अवस्थाम ापनि अझै बढ्दै गएको छ ।’
यस्तै, उनले शंखधर साख्वालाई मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय विभूति घोषणा गरेको भन्दै त्यो मन्त्रिपरिषद्को बैठकमा आफू पनिसामेल हुन पाउदा खुसि लागेको बताए । संस्कृती, परम्परा र भाषाको संरक्षण गर्नको लागिजति सक्दो प्रयास गर्ने पनि उनको भनाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij