Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुरेन्द्र पाण्डेले राजीनामा रोक्न खोज्दा भीम रावलले भने- नछुनोस् है मलाई, पत्रकारसँग कुरा गर्न दिनूस् 

सुरेन्द्र पाण्डेले राजीनामा रोक्न खोज्दा भीम रावलले भने- नछुनोस् है मलाई, पत्रकारसँग कुरा गर्न दिनूस् 

  • 2.3K
    SHARES
  • सुरेन्द्र पाण्डेले राजीनामा रोक्न खोज्दा भीम रावलले भने- नछुनोस् है मलाई, पत्रकारसँग कुरा गर्न दिनूस् 

    काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद् सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा राेक्न खोज्दा रावलले जवाफ फर्काउँदै ‘नछुनोस् है मलाई, पत्रकारसँग कुरा गर्न दिनूस्’ भनेका छन् । 

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन रावलले सांसदको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

    उनले संसद भवन बाहिर उभिएर आफ्नो राजीनामा आफैं पढे । तर, जब उनी राजीनामा पढ्दै थिए, एमाले सांसद पाण्डेले उनको राजीनामा पत्र खोस्न खोज्दै थिए । रावलले यसलाई प्रतिकार गरे र आफ्नो राजीनामा पढेरै सुनाए ।

    पाण्डेले रोक्न खोज्दा रावलले ‘मलाई नछुनुस् है’ भन्दै उनलाई हटाएका थिए ।

    एमाले नेता भीम रावलले  दिए सांसद पदबाट राजीनामा एमाले नेता भीम रावलले दिए सांसद पदबाट राजीनामा

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij