Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 86
    SHARES
  • कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ३४ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रूपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रूपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ५१ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रूपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रूपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रूपैयाँ ६७ पैसा र बिक्रीदर आठ रूपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६४ पैसा र बिक्रीदर १८ रूपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १३ पैसा कायम भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij