Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

  • 139
    SHARES
  • दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

    दैलेख । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका-३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

    बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जुम्लाबाट टीकापुर गइरहेको ना ४ ख ६०५६ नं को बस दुर्घटना भएको हो ।

    राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिए । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij