Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता

अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता

  • 158
    SHARES
  • अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता

    सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

    चैनपुर–११ कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

    शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर जिमी बेपत्ता हुनुभएको प्रहरी निरीक्षक लामिछानेले बताए । जिमीको सशस्त्र प्रहरी, प्रहरी र स्थानीयले  खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

    प्रत्यक्षदर्शीका अनुसार गजेन्द्र अरुण नदीमा पूजा सुरु गरे लगत्तै नदीमा चिप्लिएर बेपत्ता भएका थिए । चैनपुर–११ कुइबिरका गजेन्द्र परिवारका छ जनासहित शनिबार अरुण नदी पुग्नुभएको थियो । शनिबार साँझसम्म पनि जिमीको शव फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नदी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij