Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

आज पाँच वटा प्रदेशमा भारी बर्षाको सम्भावना, काठमाडौंको मौसम कस्तो रहला? 

आज पाँच वटा प्रदेशमा भारी बर्षाको सम्भावना, काठमाडौंको मौसम कस्तो रहला? 

  • श्रावण ४, २०७८ सोमवार ०८:५१ बजे
  • 532
    SHARES
  • आज पाँच वटा प्रदेशमा भारी बर्षाको सम्भावना, काठमाडौंको मौसम कस्तो रहला? 

    काडमाडौं– मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुन सक्रिय रहेने  जनाएको छ। महाशाखाका अनुसार आज  प्रदेश १, बागमती‚ गण्डकी‚ लुम्बिनी र  सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको  सम्भावना रहेको छ। 

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा अति भीषण वर्षा हुने महाशाखाको पूर्वानुमान छ। सोमबार बिहान देशभरको मौसम बदली रही प्रदेश १, बागमती‚ गण्डकी र  सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    सोमबार दिउसो पनि प्रदेश १, गण्डकी, लुम्बिनी  र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ।

    सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी , लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको  सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij