काठमाडौं– अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीको तस्विरले इन्स्टाग्राममा रेकर्ड बनाएको छ। कोपा अमेरिका जितेपछिको उक्त फोटोले खेलकुद फोटो मध्ये सर्वाधिक लाइक पाउने रेकर्ड बनाएको हो।
कोपा अमेरिकाको ट्रफी सहितको उक्त फोटोले हालसम्म २० मिलियन भन्दा धेरै लाइक पाइसकेको छ। जुन खेलक्षेत्रका तस्विर मध्ये इन्स्टाग्राममा सबैभन्दा धेरै लाइक हो।
पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि मेस्सीले उक्त तस्विर खिचाएका थिए। कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले हराउँदै उपाधि जितेको थियो।
कोपाको त्यो उपाधि मेस्सीको करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि त हुँदै हो, सँगै अर्जेन्टिनाको २८ बर्षसम्मको प्रतिक्षाको फल पनि।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij