वेबटिभी खबर
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २ हजार ७ सय ४८ अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकमपनिकमीआएको छ।
अघिल्लो दिन९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ। बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ। व्यापार समूहले ९.२५ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ।
यस समूहको वृद्धि विशालबजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछिको प्रभाव हो। व्यापार समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशालबजार कम्पनी पूँजी करणको हिसाबले साल्ट ट्रेडिङ भन्दा १० गुणा ठूलो छ, जसका कारण यस समूहमा पूर्ण प्रभाव पार्दछ।
बिहिवार अन्य समूहहरूमा मिश्रित प्रदर्शन देखिएको छ। विकास बैंक समूह १.०५ प्रतिशतले र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेका छन् । तर, बैंकिङ ०.८७ प्रतिशत, फाइनान्स ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशत, लगानी ०.८७ प्रतिशत, उत्पादन ०.८६ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवनबीमा ०.५४ प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेका छन् ।
विशाल बजार कम्पनी, विननेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पाँचथर पावर कम्पनीको मूल्य ८.३ प्रतिशत, लाइफइन्स्योरेन्स कर्पोरेसनको ८.१ प्रतिशत, जानकीफाइनान्सको ७.८ प्रतिशत र मितेरी विकास बैंकको ५.३ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ। अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशतले मूल्य घटेको छ। कारोबार रकमकाआधारमा अग्रस्थानमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र ङादीग्रुप पावर रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij