Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका महिला टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुँदै

नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका महिला टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुँदै

  • 349
    SHARES
  • नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका महिला टिमबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुँदै

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बलका महिला खेलाडीबीच शनिबार मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने भएको छ ।

    भारतको पश्चिम बंगाल राज्यको सिलगुडीमा हुने खेलमा भाग लिन नेपालबाट २३ जनाको टिम शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

    नेपाल तथा भारतका महिला खेलाडीको क्षमता अभिवृद्धि र आापसी सद्भाव विकास गर्ने उदेश्यले नेपाल भारत महिला मैत्री संघले खेल आयोजना गरेको हो ।

    शनिबार अपरान्ह तीन बजे पश्चिम बंगाल राज्यको सिलगुडीस्थित टोर्सा स्टेडियममा खेल आयोजना हुने मैत्री संघकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले जानकारी दिइन् ।

    Chanda Chaudhari1.jpeg

    खेललाई 'नेपाल भारत वुमन फ्रेन्डसिप फुटवल प्रतियोगिता' नाम दिइएको छ । नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकास घिमिरेले गरेका छन् ।

    नेपाल र भारतका महिलाको हकहित र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको संघले विगतमा स्वास्थ्य शिविर, खेलकुद, विपद्मा परेकालाई राहत तथा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij