Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रधानमन्त्री देउवासँगै अमेरिकी राजदूत पनि काठमाडौंका खोप केन्द्रहरुको निरीक्षणमा

प्रधानमन्त्री देउवासँगै अमेरिकी राजदूत पनि काठमाडौंका खोप केन्द्रहरुको निरीक्षणमा

  • श्रावण ४, २०७८ सोमवार १४:१५ बजे
  • 608
    SHARES
  • प्रधानमन्त्री देउवासँगै अमेरिकी राजदूत पनि काठमाडौंका खोप केन्द्रहरुको निरीक्षणमा

     काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै अमेरिकी राजदूत ‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने केन्द्रहरुको स्थलगत निरीक्षण गरेका छन् । अमेरिकी सरकारले नेपाललाई सहयोगस्वरुप उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप अभियान सोमबार (आज) देखि शुभारम्भ भएको छ ।

    अभियान शुभारम्भ भएपछि काठमाडौं उपत्यकाका अर्थोपेडिक अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा सञ्चालन खोप केन्द्रको प्रधानमन्त्री देउवासँगै राजदूत बेरीले एकसाथ निरिक्षण गरेका हुन् ।

    निरीक्षणका क्रममा राजदूत बेरीले प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालय समेत सम्हालेका देउवालाई खोप केन्द्रलाई सफा र व्यवस्थित राख्न सम्बन्धित विभागहरुलाई दिर्नेशन दिनुपर्नेबारे चासो राखेका थिए । गतसाता अमेरिकाबाट १६ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेपछि सरकारले सोमबारबाट देशभर खोप अभियान सुरु गरेको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij