Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं : अर्थमन्त्री पौडेल

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं : अर्थमन्त्री पौडेल

  • 127
    SHARES
  • नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं : अर्थमन्त्री पौडेल

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालको अर्थतन्त्र दबाबमा रहेको बताएका हुन् ।

    मन्त्री पौडेलले भने, ‘हाम्रो अर्थतन्त्र अहिले समस्यामा छ र दबावमा छ । यसलाई कसैले पनिअस्वीकारगर्न सक्दैनौं । तर अर्को कुरा के हो भने हामी दबावबाट बाहिर निस्कन खोजिरहेका छौं । समस्याबाट बाहिर निस्कन खोज्दैछौं । हाम्रो  प्रयासहरु त्यसतर्फ अभिमुख छन् र क्रमश सफलतातिर उन्मुख छौं । समस्या समाधानका कारण पनि क्रमश प्रभावकारी बन्दैछन् ।’

    उनले नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको दाबी गरे । उनले सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्व समुदायमा गएको बताए । उनले अहिले मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढे पनि दबाबमुक्त भने भइनसकेको जिकिर गरे । राजस्व छुटका विषयमा मन्त्रालय होसियार रहेको र राजस्व चुहावट रोक्न समेत ध्यान केन्द्रित गरेको उनको भनाइ छ ।

    मन्त्री पौडेलले भने, ‘नेपालमा लगानीका लागि अनुकूल वातावरण सिर्जना हुँदै गएको छ । सार्वभौम क्रेडिट रेटिङमा नेपालमा लगानीका निम्ति अनुकूल वातावरण सिर्जना भएको सन्देश विश्वसमुदायमा गएको छ । राजस्व छुटका विषयमा मन्त्रालय होसियार छ र राजस्व चुहावट रोक्नसमेत ध्यान केन्द्रित छ ।’

    यसैगरी उनले अहिले बैंकहरूमा थुप्रिएको रकम उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्नका लागि आवश्यक पहल भइरहेको पनि बताए । उनले सहकारी लघुवित्त समस्याका विषयमा धेरै छलफल भएको समेत स्पष्ट पारे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij