वेबटिभी खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन् ।
आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो ।
नियुक्त भएका डीनहरुमा शिक्षा शास्त्र संकायतर्फ प्रा.डा. बेदराजआचार्य, वनविज्ञानअध्ययन संस्थानमा सहप्राध्याप कठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराजशर्मा, मानविकी तथा सामाजिक शास्त्रतर्फ प्रा.डा. दुबिनन्द ढकाल रहेका छन् ।
यस्तै, व्यवस्थापन संकायमाप्रा.डा. महानन्दचालिसे, विज्ञानत था प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्य रहेका छन् ।
त्यसैगरी परिषदले शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मीना राज भण्डारी र योजना निर्देशनालयको निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरेको छ ।
यस अघि त्रिविको सिनेट बैठकमा त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस ७ गतेभित्र सबै नियुक्ति गर्न निर्देशन दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij