Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

  • 155
    SHARES
  • चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन् । यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

    चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ । 

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij