Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जसपा नेपालको कास्की जिल्ला समिति पुनर्गठन

जसपा नेपालको कास्की जिल्ला समिति पुनर्गठन

  • 102
    SHARES
  • जसपा नेपालको कास्की जिल्ला समिति पुनर्गठन

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कास्की जिल्ला समिति पुनर्गठन भएको छ ।

    पार्टीका उपाध्यक्ष एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिबलाल थापा मगरको विशेष उपस्थितिमा पोखराको बुद्ध चोकमा प्रशिक्षाण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरी भगवान श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कास्की जिल्ला समिति पुनर्गठन गरेको हो ।

    सोही भेलाबाट सुनीलश्रीस मगरको अधयक्षतामा २१ सदस्यीय पोखरा महानगर समितिसमेत पुनर्गठन गरिएको छ । साथै टीका गुरुङको अध्यक्षतामा समाजवादी महिला संघ कास्की जिल्ला समिति गठन भएको छ । समिति १५ सदस्यीय रहेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij