Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

  • 67
    SHARES
  • बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ३४ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४१ रूपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रूपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रूपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रूपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ १६ पैसा र बिक्रीदर एक सय रूपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर आठ रूपैयाँ ७२ पैसा र बिक्रीदर आठ रूपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७३ पैसा र बिक्रीदर १८ रूपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६७ पैसा , मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५८ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij