वेबटिभी खबर
काठमाडौं । तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल तामाङ घेदुङको आयोजनामा उक्त महोत्सव हुने भएको हो ।
महोत्सव माघ १८ गते शुक्रबार बाग्मती नगरपालिका वडा नं ४/५ मा पर्ने माछा पोखरी (भरत तालमा) आयोजना गर्न लागेको घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेले बताए ।
महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषाका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित गायकरगायिकाहरु शिव परियार ,इन्दिरा गोले, संजिव घिसिङ तामाङ, टीका बोम्जन,प्रकाश तितुङ तामाङ लगायत का कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिका संयोजक रोशन लामाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij