Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन

  • 129
    SHARES
  • शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा पुनः सञ्चालन

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम आजदेखि पुनःसञ्चालनमा आएको छ ।

    अन्तरंग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ ।

    उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए ।

    सम्पूर्ण विभाग/वार्ड/शाखा/ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # बीमा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij