Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

भन्सार छलेर ल्याइएका सामान बरामद

भन्सार छलेर ल्याइएका सामान बरामद

  • 129
    SHARES
  • भन्सार छलेर ल्याइएका सामान बरामद

    रौतहट । रौतहट प्रहरी भन्सार छलेर तस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतमा रहेका अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएका गस्ती टोलीलेतस्करीको माध्यमबाट भित्रयाइएका सामान बरामद गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायका अनुसार विभिन्न सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा अबैध रूपमा भारतबाट भन्सार छली गरेर ल्याएका सामान बरामद गरिएको हो ।

    प्रहरी टोलिले किराना र कपडा लगायतका सामन बरामद गरेको उनले जानकारी दिए । गौर नगर पालिका वडा न ४ बसपार्क एरियाबाट सामन बरामद भएपनि मानिस पक्राउ नपरेको उनले बताए ।

    बरामद गरेको सामानको करिब एक लाख १२ हजार रुपैंयाँ मूल्याकंन गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।उक्त सामानहरु आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij