Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हत्या गरेको अभियोगमा एक जना पक्राउ

हत्या गरेको अभियोगमा एक जना पक्राउ

  • 142
    SHARES
  • हत्या गरेको अभियोगमा एक जना पक्राउ

    धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डल पक्राउ परेकी छन् ।

    मंगलबार राति घरायसी वादविवादको क्रममा उनीहरूबीच झै झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

    घटनास्थलबाट खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij