Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

देशभर सवारी दुर्घटनाबाट एक हजार २ सय ३३ जनाको मृत्यु

देशभर सवारी दुर्घटनाबाट एक हजार २ सय ३३ जनाको मृत्यु

  • 156
    SHARES
  • देशभर सवारी दुर्घटनाबाट एक हजार २ सय ३३ जनाको मृत्यु

    काठमाडौं । गृह मन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।

    सोमबार मन्त्रालयमा पत्रका सम्मेलनगरी मन्त्रालय र मन्त्रालय मातहत निकायबाट पछिल्लो साय भएको कार्य सम्पादन सार्वजनिक गर्दै प्रवक्ता रामचन्द्र तिवारीले कानुनी र नीतिगत पमा हामीले बलियो संरचनाहरु तयार नभइ गुणस्तर काम नहुने कारण नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।

    तिवारले भने,‘अहिले गृह मन्त्रालयले खासगरेर वर्तमान सरकार र माननीय मन्त्री ज्युले निर्देशन गरेअनुसार गृह मन्त्रालयले अहिले सबैभन्दा पहिले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । जबसम्म कानुनी र नीतिगत रुपमा बलियो संरचनाहरु तयार गर्दैनौं, तबसम्म काममा गुणस्तर हुँदैन् । त्यो कामले नतिजा राम्रो दिदैन भन्ने आधारमा काम गरिरहेका छौं ।’

    त्यस्तै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा देशभर ११ हजार ३३८ सवारी दुर्घटना भएकोपनि जानकारी गराए । उनका अनुसार साउनदेखि पुससम्म भएका सवारी दुर्घटनामा परी एक हजार २३३ जनाले ज्यान गुमाएका छन् ।

    गृह मन्त्रालयका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटना संख्या घटेको भएपनि मृत्यु संख्या भने बढेको छ। गत वर्ष साउनदेखि पुससम्म १२ हजार ८५६ वटा सवारी दुर्घटना भएको थियो । जसमा १२ सय ३३ जनाले ज्यान गुमाएका थिए ।
    यस वर्ष साउनमा १६२८ वटा सवारी दुर्घटना भएका छन्। जसमा १५२ जनाको मृत्यु भएको छ । भदौमा १६ सय १९ सवारी दुर्घटना भएकोमा १७४ जनाले ज्यान गुमाएका छन् ।

    यसैगरी असोजमा १८सय ७३ सवारी दुर्घटना भएका छन् । त्यसमा २०० सय जनाले ज्यान गुमाएका छन् । कातिकमा १९ सय २८,मंसिरमा २ हजार १४  र पुसमा २२ सय ७६ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परी कातिकमा २५८ जना,मंसिरमा २५२ जना र पुसमा १९७ जनाको मृत्यु भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij