वेबटिभी खबर
रौतहट । रौतहट प्रहरीले १० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ हुनेहरुमा कुटपिटमा साफी आलम, शिक्षा समन्धिमा सुनिता कुमारी, जालसाजीमा महेन्द्र साह, जुवामा शेख हैदर अलि, कुटपिट लुटपिटमा रुवाना खातुन, किर्ते जालसाजीमा नन्दकिशोर राम, वनमा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरन्जान पसवान, चेक अनादरमा प्रभु हजरा र घरेलु हिंसामा मेघु हजरा रहेका छन ।
पक्राउ परेका १० जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको प्रवक्ता रायले बताए । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij