वेबटिभी खबर
हेटौँडा । मकवानपुरकाे पूर्वपश्चिम राजमार्ग खण्डमा पर्ने लोथरमा आज बिहान बस र म्याजिक भ्यान ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२ नम्बरको म्याजिक आपसमा ठक्कर खाँदा म्याजिक चालकको मृत्यु भएको हो ।
म्याजिक गाडी चालक मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर–४ बस्ने ३२ वर्षीय सन्देश कोइरालाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका कोइरालाको उपचारको क्रममा चितवनमा मृत्यु भएको मकवानपुर प्रहरीले जनायो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij