Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रदर्शनले काठमाडौंको जनजीवन प्रभावित

प्रदर्शनले काठमाडौंको जनजीवन प्रभावित

  • 170
    SHARES
  • प्रदर्शनले काठमाडौंको जनजीवन प्रभावित

    काठमाडौं । गणतन्त्रवादी र राजावादीले आज काठमाडौंमा गरेको प्रदर्शनका कारण संघीय राजधानीको जनजीवन प्रभावित भएको छ । सार्वजनिक यातायात निकै कम मात्र चलेका छन् । बिहान चलेको सवारी भीडभाड बढ्दै गएपछि बन्द भएका छन् । 

    काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । राजावादीको प्रदर्शनकालाई रिङरोड भित्र छिर्न नदिन प्रहरीले तीनकुनेमा छेकेको छ । 

    यता गणतन्त्रवादीको आन्दोलन रत्नपार्क आसपास केन्द्रीत छ । ठूलो संख्यामा गणतन्त्रवादीको जुलुस निस्केको छ । जसका कारण मुख्य सहरभित्रको ट्राफिक व्यवस्थापन ठप्प जस्तै भएको छ । 

    प्रहरीले भीडभाडमा हुनसक्ने कुनै पनि अराजक गतिविधि हुन नदिन निगरानी र चेकजाँचलाई पनि बढाएको छ । प्रदर्शनका कारण भीडभाड भएका क्षेत्रमा यातायात चल्न प्रहरीले रोक लगाएको छ । प्रहरीले भीडभाड क्षेत्रमा आउन खोजेका सवारीलाई डाइभर्ट गरेर अन्यत्र पठाएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij