Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

वायु प्रदुषणको मारमा काठमाडौं

वायु प्रदुषणको मारमा काठमाडौं

  • 146
    SHARES
  • वायु प्रदुषणको मारमा काठमाडौं

    काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा वायु प्रदुषण खतराको तह नजिक पुगेको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदुषणको खतरा बढेकाले घरबाहिर निस्कँदा सुरक्षित मास्कको प्रयोग गर्न अनुरोध गरेको छ । 

    एक सूचना जारी गर्दै प्राधिकरण भनेको छ, ‘सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिनुहोला ।’

    अत्याधिक धुलो र धुँवा उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ । 

    फोहरमैलाको सही व्यवस्थापन गर्न एवं फोहरमैला नजलाउन, वन डढेलो लाग्नै नदिन र लागिहाले सावधानीपूर्वक नियन्त्रण गर्न पनि अनुरोध गरेको छ । बालबच्चा, वृद्धवृद्धा र संवेदनशील स्वास्थ्य समस्या भएकाहरूको विशेष हेरचाह गर्न प्राधिकरणले भनेको छ ।

    bigyapti.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij