Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज 

टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज 

  • श्रावण ८, २०७८ शुक्रवार १०:०८ बजे
  • 711
    SHARES
  • टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज 

    काठमाडौं– विश्व खेलकुदको कुम्भ मेला ओलम्पिक खेलकुद आजबाट सुरु हुँदैछ। ओलम्पिक खेलकुद जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ ।

    ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो । नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ ।


    उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् । नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।

    कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करणको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै राखिएको छ । २३ जुलाइमा सुरु हुने ओलम्पिक ८ अगस्टमा सकिने छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij