वेबटिभी खबर
मकवानपुर । मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा बुधबार राति साढे नौ बजे चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको घुम्तीमा दुर्घटना भएको उनले बताए । घाइतेमध्ये केहीकाे उपचार भइरहेकाे र केही उपचारपछि डिस्चार्ज भएका छन् ।
सामान्य घाइते भएका बसका सहचालक सतिह दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार भएका छन् । फरार चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij