Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

केपी ओली कपमा मधेशलाई कर्णालीले हरायो

केपी ओली कपमा मधेशलाई कर्णालीले हरायो

  • 134
    SHARES
  • केपी ओली कपमा मधेशलाई कर्णालीले हरायो

    पोखरा ।  पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ ।

    मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’ तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेश प्रदेश क्रिकेटलाई १५ रनले हराएको हो । प्रतिकुल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो ।

    १४६ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेशले कुल १७ ओभरमा ६ विकेट गुमाउँदै १३० रनमा समेटियो । मधेशका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिएपनी जित दिलाउन भने सकेनन् । उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अभिषेक कार्की २२ रनमा अविजित रहे उनले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । विशाल पटेल ५ रनमा अविजित रहे । रुपेश सिंहले १७, हरिशंकर शाह ७, विशाल शुस्लिङ १२, अरनिको यादव १४ रनमा आउट भए । ओपनर रोहन विक शुन्यमै पेभेलियन फर्किए ।

    कर्णालीका लागि सुवास भण्डारी र दिपेन्द्र यादबले २–२, कृष्ण कार्किले १ मेडनसहित १ र अरुण ऐरिले १ विकेट लिए । टस जितेर ब्याटिङ थालेको कर्णाली एकेडेमीले १७ ओभरमा १४५ रन बनाउदै अलआउट हुन पुग्यो । कर्णालीका लागि हिमांशु शाहिले सर्वाधिक ३८ रनको योगदान दिए । उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे । 

    यस्तै विपिन शाहिले २४ रन जोडे । १६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे । राज प्रसाद शाहले १६, अरुण ऐरि १३, कृष्ण कार्की ७, रविन्द्रजंग शाही ४ रनमा आउट भए । सुबास भण्डारी २ र ओपनर अदित्य विक्रम शाह शुन्यमा आउट भए ।

    मधेशका लागि रुपेश सिंहले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अभिषेक कार्कीले ३ तथा विशाल पटेलले २ विकेट लिए भने प्रदिप पासवानले ४ ओभरमा १ मेडनसहित १ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच कर्णालीका हिमांशु शाह घोषित भए ।

    मौसमकै कारण दोस्रो खेल रोकिदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डीएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डीएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो । 

    त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा ५ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । ओपनर ओपनर सुबोध ऐरी ४० रन बनाउँदै आउट भए । उनले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । उनले ३१ बलमा ७ चौका, २ छक्का प्रहार गरे । 

    आयुव चन्द ३, दिपक रोकाया ३, सन्दिप भण्डारी ५ रनमा आउट भए भने सुनम बुढाथोकी १ रनमा नटआउट रहे । त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो । 
    उता लुम्बिनीका लागि रन्जित चौधरी सार्वधिक ३६ रनको अविजित पारी खेले ।  उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सन्देश थापा १८, प्रज्वल थापा १०, ओपनर देव खनाल ३, तुलबहादुर थापा १ मोहम्मद हुसेन ४ र अभिषेस गौतम ७ रनमा आउट भए । अजय कुमार चौहान शुन्यमा नटआउट रहे ।

    यो खेल समेत वर्षाका कारण रोकिन पुगेको थियो । हिमाल फे्रन्ड्सका लागि सुशिल रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान २/२ विकेट लिदाँ दिपक रोकायाले १ विकेट लिएका थिए । प्रतियोगिताको आठौं दिन कर्णाली र हिमाल फ्रेन्ड्स बिच पहिलो तथा मधेश र लुम्बिनीबिच दोस्रो खेल आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # केपी ओली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij