Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कोशी प्रदेश लगानी सम्मेलन २०८१ को तयारी पुरा

कोशी प्रदेश लगानी सम्मेलन २०८१ को तयारी पुरा

  • 137
    SHARES
  • कोशी प्रदेश लगानी सम्मेलन २०८१ को तयारी पुरा

    इटहरी । ‘कोशी प्रदेश लगानी सम्मेलन २०८१’ आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने सरकारले औपचारिक रूपमा जानकारी गराएको छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सरकारले सम्मेलनबारे जानकारी गराएको हो ।

    यसअघि सरकारले लगानी सम्मेलनको माध्यमबाट प्रदेशमा लगानी भित्राउने सकिने पहिचान बनाएको सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिताअभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

    प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी गराए । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको र त्यस बाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी गराए । मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्ने बताए ।

    सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राखेका छन् । लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँ रुपैयाँको परियोजना सोकेसिङ गर्ने तयारी प्रदेश सरकारको छ । प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती  रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताए । लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाकाअनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् ।

    यस्तै लगानी सम्मेलनमा कृषिका ९  उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन् । यसै गरी सञ्चालनमा रहेका केही परियोजनालाई समेत सोकेशिङमा राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij