Logo

२०८३, कार्तिक ५ गते बुधवार

२०८३, कार्तिक ५ गते बुधवार

बिर्ता बजारदेखि किसनपुरसम्म कालोपत्रेको सांसद चौधरीद्वारा शिलान्यास

बिर्ता बजारदेखि किसनपुरसम्म कालोपत्रेको सांसद चौधरीद्वारा शिलान्यास

  • 771
    SHARES
  • बिर्ता बजारदेखि किसनपुरसम्म कालोपत्रेको सांसद चौधरीद्वारा शिलान्यास

    सर्लाही । कालोपत्रे हुन लागेको सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं २ र १ जोडने सडकको आज प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री चन्दा चौधरीले गर्नु भएको छ । १ करोडको लागतमा ८ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।

    सांसद चौधरीले यो वर्ष ८ सय मिटर सडक मात्र कालोपत्रे हुने र अगामी वर्षमा वडा नं १ को मुख्य सडक कालोपत्रे हुने बताए ।

    उनले क्षेत्र नं १ विकासको लागि सम्पूर्ण प्रयास  गरिने छ । पहिला मधेश सरकारले करोडौं रकम पोखरीमा खर्च गरेको थियो । पोखरीको विकासले नागरिकले खासै लाभ लिन सक्दैनन् ।

    बाटोघाटो, विधालय, कलेज तथा अस्पतालमा बजेट विनियोजन गर्दा नागरिकले प्रत्यक्ष लाभ प्रत्येक दिन लिन सक्ने उनले बताए । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले पालिकाको विवाद तथा आफु सँग स्पष्ट बहुमत नहुँदा गाउँपालिकामा एउटा पनि बाटो कालोपत्रे गर्न सकिएको थिएन तर सांसद चौधरीले सडक कालोपत्रेको लागि गरेको पहल सराहनीय भएको उनले बताए । 

    उहाले गाउँ गाउँमा सिंहदरबार नारामा मात्र सिमित भएको बताए । बहुमतको खेलले गर्दा विकास निर्माण कार्य अवरुद्ध भएको उनले जिकिर गरे ।

    अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सोनेलाल साहले क्षेत्र नं १ मा निर्वाचित सांसदले यश क्षेत्रमा विकास गर्नुपर्नेमा सामुनुपातिक सांसद चौधरीले आफनो पहलमा विकास निर्माण कार्य गरिरहनु उनले बताए ।

    कार्यक्रममा  वडा नं १ वडा अध्यक्ष रामेश्वर महतो, वडा नं २ का वडा अध्यक्ष शम्भु साह, वडा नं ३ का वडा अध्यक्ष सिताराम महतो, वडा नं ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # बिर्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij