Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

फोटो पत्रकारहरुलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख घिमिरे

फोटो पत्रकारहरुलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख घिमिरे

  • 123
    SHARES
  • फोटो पत्रकारहरुलाई राज्यले चिन्यो तर प्रोत्साहनको कमी छ : सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले फोटो पत्रकारहरुलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै अभावहरु रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पाँचौ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ लाई सम्बोधन गर्दै उनले फोटो पत्रकारहरुलाई प्रोत्साहन गर्ने कुरामा अभाव भएको भन्दै यो क्षेत्रलाई अगाडि लाने कुराहरुमा आजको कार्यक्रमले प्रेरित गरेको बताए ।

    घिमिरेले भने, ‘फोटो पत्रकारिताले देशको चित्रण गर्ने, घटनालाई जीवित राख्ने र त्यसलाई स्मृतिमा राख्ने काममा महत्वपूर्ण योगदान दिइरहेको छ । यस्तो योगदान दिने फोटो पत्रकारहरुलाई राज्यले चिनेपनि प्रोत्साहन गर्ने कुरामा अझै पनि केही अभावहरु रहेका छन् । ती अभाव पूर्ती गर्दै यो क्षेत्रमा प्रेरित गर्ने अगाडि लाने कुराहरु गर्न आजको यो दिनले प्रेरित गरेको छ ।’

    उनले फोटो पत्रकारिताको लागि अहिले वातावरण सहज भएको भन्दै फोटोबाट समाजको चित्रलाई यथार्थमा उतार्न सक्ने र भविष्य देखाउन सक्ने बताए । घिमिरेले भने, ‘पत्रकारिताको महत्व अथवा मिडियाको महत्वलाई नबुझ्ने समाजमा फोटो पत्रकारिता बुझ्न गाह्रो नै हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन् । अहिले फोटोबाट धेरै कुराहरु बुझाउन सकिने र समाजको चित्रलाई यथार्थमा उतार्न सक्ने र त्यसबाट भविष्य देखाउन सक्ने काम पनि हुन्छ ।’

    यस क्षेत्रमा रहेको समस्याहरु समाधान गर्दै अगाडि बढ्नको लागि के कामहरु गर्नुपर्छ त्यो गर्नको लागि सबैको साथ सहयोग आवश्यक रहेको पनि उनको भनाई छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij