Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

दुईवटा ट्रक एकआपसमा ठेक्किएर आगलागी

दुईवटा ट्रक एकआपसमा ठेक्किएर आगलागी

  • 191
    SHARES
  • दुईवटा ट्रक एकआपसमा ठेक्किएर आगलागी

    जनकपुर । धनुषाको धनुषाधाम नगरपालिका–६ मालटोल चोकमा दुईवटा ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । पूर्व–पश्चिम राजमार्गमा आइतबार बिहान ६ बजे पूर्वतर्फ गईरहेको प्र.०२.०३.००१ख ०७१५ नम्बरको ट्रक बिपरीत दिशाबाट आइरहेको ना६ख ३४६३ नम्बरको ट्रकसंग ठोक्किएको हो ।

    ट्रक ठोक्किनासाथ ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगो लागेको छ भने दुबै ट्रकका चालक र सहचालक घाइते भएका छन् । घाइते चालक र सहचालकलाई उपचारका लागि जनकपुरधाम लगिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

    आगलागी हुँदा ट्रक पूर्णरुपमा जलेको छ । अहिले धनुषा प्रहरी र वारुण यन्त्रको प्रयोग गरी आगो निभाउने काम जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij