Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सार्वजनिक बिदामा पनि दुई विद्यालय खुल्ने

सार्वजनिक बिदामा पनि दुई विद्यालय खुल्ने

  • 151
    SHARES
  • सार्वजनिक बिदामा पनि दुई विद्यालय खुल्ने

    रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज (मंगलवार ) पढाउने भएका छन् । श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले  बिदाको दिनपनि पढाउने भएका हुन् ।

    मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा  आज मंगलबार सार्वजनिक बिदा दिएको हो। तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरि शिक्षक आन्दोलनका कारण भएको सिकाइ क्षतिलाई पुरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन् ।

    श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक बिदाको दिन पनि विद्यालय यथावत संचालन हुने बताए ।

    नेपाल शिक्षक महासघको आव्हानमा चैत २० गते देखी बैशाख १७ गते सम्म गरेको २९ दिने शैक्षिक हडताललाई मध्यनजर गर्दै खोल्ने निणय गरिएको उनले बताए । यी दुई विद्यालयले गरेको निणय  प्रती अभिवावक खुसी भएका छन् ।

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij