Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

साफ-यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

साफ-यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

  • 103
    SHARES
  • साफ-यु १९ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

    काठमाडौं । साफ यु १९ च्याम्पियनसिपको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ ।

    समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उप विजेता बनेको छ । भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो ।

    पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।
    भारत यतिमा मात्र रोकिएन । ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ ।

    भारतले यसअघि श्रीलंकालाई ८–० ले हराएको थियो । आयोजक ६ अंक सहित समूह विजेता बन्न सफल रहयो । नेपालले यसअघि श्रीलंकालाई ५–० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रोमा छ ।

    अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij