Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

  • 83
    SHARES
  • आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३२ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रूपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रूपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रूपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रूपैयाँ ७७ पैसा तोकिएको छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ९८ रूपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ ५० पैसा र बिक्रीदर १०५ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १४ पैसा र बिक्रीदर चार रूपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ८० पैसा र बिक्रीदर ३१ रूपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ८१ पैसा र बिक्रीदर ९ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ १४ पैसा र बिक्रीदर १४ रूपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६२ पैसा र बिक्रीदर २० रूपैयाँ ७१ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २५ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५५ रूपैयाँ १४ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ७० पैसा रहेको छ ।

    भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij