वेबटिभी खबर
रूपन्देही । बुटवलमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उनका पूर्वश्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुलाई घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । मृतक दीपाका पूर्वपति सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij