Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नेपालपक्षप्रति ओलीको कटाक्ष– केही दर्जन व्यक्ति आफूलाई नै संसार ठानेर हिँडेका छन्

नेपालपक्षप्रति ओलीको कटाक्ष– केही दर्जन व्यक्ति आफूलाई नै संसार ठानेर हिँडेका छन्

  • श्रावण १०, २०७८ आइतवार १४:५० बजे
  • 634
    SHARES
  • नेपालपक्षप्रति ओलीको कटाक्ष– केही दर्जन व्यक्ति आफूलाई नै संसार ठानेर हिँडेका छन्

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको दायरा केही व्यक्तिमा सीमित नरहेको बताएका छन् । अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले ओलीले यस्तो बताएका हुन् ।

    ‘तीन करोड जनसंख्यामा केही व्यक्ति एमालेको विरोधमा उत्रिएका छन् । यत्रो थुप्रो जनसंख्यामा केही दर्जन व्यक्ति एमालेको षड्यन्त्र गर्न लागिपरेका छन् । उनीहरुले आफूलाई नै संसार ठानिरहेका छन् । इनारको पिँधबाट भ्यागुत्ताले आकाश देखेजस्तो गरिरहेका छन्,’ ओलीले भने, ‘तर एमालेको दृष्टिकोण फराकिलो छ । एमाले पृथ्वीवादी, धरतीवादी र मानवतावादी पार्टी हो ।’ 

    ओलीले वरिष्ठ नेता माधव नेपालतर्फ संकेत गर्दै भने, ‘आफ्नो भविष्य सक्न, एमाले आन्दोलनको भविष्य सक्न, आफ्नै पार्टीबाट एमालेको सरकार ढाल्न विरोधी तत्व सक्रिय भएका छन् ।’  उनले नेपालपक्षलाई पार्टीमा फर्किन आग्रहसमेत गरेका छन् ।  

    ‘एमालेविरोधी गतिविधि अहिले पो सफल भए तर अब देश अफ्ट्यारो मोडमा पुगेको छ । अब गम्भीर होऔं । देश चक्रब्युहमा परेको छ । पार्टीलाई यस्तो अफ्ट्यारोबाट बाहिर निकालौं,’ ओलीले भने, ‘षड्यन्त्र र पार्टी विरुद्धको कुप्रचारबाट बाहिरिन म सबैलाई आग्रह गर्छु । यस्तो कुप्रचार लोकतन्त्रविरोधी अपराध हो । यस्तो घात पार्टी विरोधी घात मात्र होइन वामपन्थी आन्दोलन र देशकै लागि घात हो ।’

    अध्यक्ष ओलीले सामान्य समयमा जनसंगठनले समाजिक जागरणको विषय उठान गर्नुपर्ने भए पनि अहिलेको विशम परिस्थितिमा जनसंगठनहरु राजनीतिक जागरणमा केन्द्रित हुनुपर्ने बताउँदै संगठनका महिलालाई पार्टीको सकारात्मक प्रचारमा लाग्न निर्देशन दिए । 

    उनले कसैले आफ्नोविरुद्ध लामो कविता लेखेको भन्दै कविको कपाल फुलेको भए पनि विद्वान नरहेको ओलीले टिप्पणी गरे ।  एमाले विचारहीन र गुण्डा दल नभएको र एमालेको काँधमा देशको रुपान्तरण गर्ने जिम्मेवारी रहेको ओलीले बताए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij